You are viewing the translated version of दाबी भुक्तानी हुन नसकेको अवधिको दायित्व.

Section 14
दाबी भुक्तानी हुन नसकेको अवधिको दायित्व
(१) बीमितले दाबी गरे पश्चात ऐनको दफा ४१ को उपदफा (१) को खण्ड

(क) बमोजिम दाबी भुक्तानी हुन नसकेको अवधिसम्मको लागि बीमाको प्रकार वा प्रकृति बमोजिम दाबी बापत हुन आउने दायित्व (आउटस्ट्यान्डिङ्ग क्लेम): दाबी भुक्तानी कोषमा देखाउनु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बीमकको समाप्त नभएको जोखिम (अनएक्स्पायर्ड रिक्स रिजर्भ) बापतको रकम (ऐनको दफा ३९ बमोजिमको अनिवार्य जगेडा कोषमा समावेश भइसकेको भए त्यस्तो दायित्व बापतको रकम दाबी भुक्तानी कोषमा देखाउनु पर्ने छैन।